२४ भदौ २०८३, बुधबार | September 9, 2026

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार पूरक अभियोगपत्र दर्ता गर्दै पौडेलसहित १६ जना तथा १० वटा कम्पनीलाई प्रतिवादी बनाएको हो।

विशेष अदालतले जारी गरेको सूचनाअनुसार व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। विभागले पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्नसमेत अदालतसँग माग गरेको छ। विभागले यस मुद्दामा ६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध अभियोग दर्ता गरेको जनाएको छ।

यो मुद्दा यसअघि नै विशेष अदालतमा दर्ता भइसकेको व्यवसायी दीपक भट्टसम्बन्धी सम्पत्ति शुद्धीकरण प्रकरणसँग सम्बन्धित हो। विभागले उक्त प्रकरणमा थप अनुसन्धान गरेपछि प्राप्त प्रमाणका आधारमा पूरक अभियोगपत्र दायर गर्दै पौडेलसहित थप प्रतिवादीहरूलाई मुद्दामा समावेश गरेको हो।

विशेष अदालतले अब अभियोगपत्रमाथि प्रारम्भिक सुनुवाइ गरी मुद्दाको नियमित न्यायिक प्रक्रिया अघि बढाउनेछ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ८ : ०७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको