३ श्रावण २०८३, आइतबार | July 20, 2026

कांग्रेसमा एकताको सम्भावना कमजोर, इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा

पाँचबुँदे प्रस्ताव सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्ष र संस्थापन इतर समूहबीच पटक–पटक भएका वार्ता तथा संवाद निष्कर्षविहीन बनेपछि यो समुहले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । साथै, पार्टी एकताका लागि आफूहरूले यसअघि नै अघि सारेको पाँचबुँदे प्रस्ताव पनि सार्वजनिक गर्दै एकताको प्रयासमा आफूहरू नै लचिलो रहेको दाबी गरेको छ।

आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थापन इतर पक्षका नेता मीन विश्वकर्माले पार्टी एकताका लागि निरन्तर संवाद भए पनि नेतृत्व तहबाट अपेक्षित लचकता, धैर्यता र सकारात्मक पहल नआएकाले सहमतिको सम्भावना क्रमशः कमजोर बन्दै गएको बताए।

उनले वार्ता कहिल्यै अन्तिम विकल्प नहुने उल्लेख गर्दै मेलमिलापको आशा अझै जीवित रहे पनि अहिलेसम्म भएका छलफल उपलब्धिमूलक बन्न नसकेको बताए। त्यसैले अब केवल प्रतीक्षामा नबसी नयाँ ढंगबाट अघि बढ्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको उनको भनाइ थियो।

विश्वकर्माले पार्टी नेतृत्वले सानेपास्थित केन्द्रीय कार्यालयमा अधिकार केन्द्रित गरेर समस्या समाधानका लागि आवश्यक राजनीतिक इच्छाशक्ति नदेखाएको आरोप लगाए। संवादहीनताको अवस्था लामो समयसम्म कायम रहँदा पार्टीभित्रको असन्तुष्टि थप बढेको उनको टिप्पणी थियो।

उनले हाल सम्पर्क कार्यालयमार्फत सञ्चालन भइरहेका गतिविधिलाई थप सशक्त बनाउँदै लैजाने बताउँदै बीपी स्मृति दिवस विगतझैँ मनाइने जानकारी दिए ।

नयाँ सर्त होइन, सहमतिका प्रस्ताव

यसैबीच, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति तथा जिल्ला सभापतिहरूको बैठकले पार्टी एकताका लागि आफूहरूले अघि सारेको पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा संस्थापन पक्षबाट इतर समूहले दिनानुदिन नयाँ र अस्वीकार्य सर्तहरू अघि सारेर एकतालाई अवरुद्ध बनाएको भन्ने प्रचारलाई ूनिराधार, मिथ्या र भ्रामकू भनिएको छ।

विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति खोज्ने उद्देश्यले पाँचबुँदे प्रस्तावसहित जवाफ दिइएको थियो। अहिले सोही प्रस्ताव सार्वजनिक गरिएको जनाइएको छ।

यस्ता छन् इतर पक्षका पाँच प्रस्ताव

  • पहिलो, १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
  • दोस्रो, सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने।
  • तेस्रो, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।
  • चौथो, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति गठन गर्ने।
  • पाँचौँ, क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न गगनकुमार थापा संयोजक रहेको समितिले यसअघि टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुने व्यवस्था गर्दै उनीहरूको डिजिटल इन्ट्री गर्ने, तर डिजिटल प्रक्रियालाई नवीकरणसँग जोडेर सदस्यको सहभागिता रोक्ने व्यवस्था नगर्ने।

इतर समूहले आफ्नो प्रस्तावले पार्टी एकता, नेतृत्वको वैधानिकता र आगामी महाधिवेशनको सुनिश्चिततालाई सन्तुलित रूपमा सम्बोधन गरेको दाबी गरेको छ।

यद्यपि संस्थापन पक्षले अहिलेसम्म सार्वजनिक रूपमा यी प्रस्तावबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर इतर समूहले भने वार्ता निष्कर्षमा नपुगे पनि आफ्नो राजनीतिक अभियान अब राष्ट्रिय भेलामार्फत नयाँ चरणमा प्रवेश गर्ने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : २३ बजे

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको