९ कार्तिक २०८३, सोमबार | October 27, 2026

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि



काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्क-न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनलमा फेरान टोरेसको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्वविजेता बनेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत मिलाइदिएपछि फेरान टोरेसले आकर्षक प्रहार गर्दै बललाई जाली चुमाएका थिए ।

टोरेसले ११४ औँ मिनेटमा अर्को गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड ठहर गरेपछि गोलले मान्यता पाएन ।

निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। त्यसको असर अतिरिक्त समयमा स्पष्ट देखिएको थियो ।

यसअघि पहिलो हाफमै अर्जेन्टिनाका प्रमुख डिफेन्डर लिसान्द्रो मार्टिनेज चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि टोलीको रक्षापंक्ति कमजोर बन्दा स्पेनले लगातार दबाब सिर्जना गरेको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले केही अवसर सिर्जना गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । स्पेनले भने सुरुदेखि नै आक्रामक र व्यवस्थित खेल प्रदर्शन गर्दै उपाधिमाथि आफ्नो दाबी बलियो बनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष उपस्थितिमा भएको फाइनल खेलको मध्यान्तरमा म्याडोना, शाकिरा, जस्टिन बिबर र बीटीएसलगायत विश्वप्रसिद्ध कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।

सन् २०१० पछि पहिलो पटक विश्वकप ट्रफी उचालेको स्पेनले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : २२ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता