२१ भदौ २०८३, आइतबार | September 6, 2026

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए



काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीको राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ । फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक विश्वविजेता बनेको स्पेनको स्वागतका लागि करिब २० लाख समर्थक सडकमा ओर्लिएका थिए ।

सोमबार म्याड्रिड पुगेका २६ खेलाडी र प्राविधिक टोलीले स्पेनका राजा तथा प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेट गरेका थिए । प्रधानमन्त्री सान्चेजले ऐतिहासिक उपलब्धिका लागि टोलीलाई बधाई दिँदै उनीहरूको उत्कृष्ट प्रदर्शनले सम्पूर्ण देशवासीलाई गौरवान्वित बनाएको बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि खेलाडीहरू ‘हामी च्याम्पियन हौँ’ लेखिएका जर्सी लगाएर खुला बसमा विजय र्‍यालीमा सहभागी भए । ‘ताराहरू सँगै चम्किन्छन्’ भन्ने नारासहितको बसमा विश्वकप ट्रफी प्रदर्शन गर्दै उनीहरूले लाखौँ समर्थकसँग खुसी साटासाट गरेका थिए ।

टोलीका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले देशका लागि विश्वकप जित्नु र समर्थकसँग त्यो खुसी साट्न पाउनु जीवनकै गौरवपूर्ण क्षण भएको बताए ।

विजय र्‍याली म्याड्रिडको ऐतिहासिक सिबेलेस स्क्वायरमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । उक्त समारोहमा करिब एक लाख २० हजार समर्थकको सहभागिता रहेको थियो । सिबेलेस स्क्वायर स्पेनिस फुटबल टोली तथा रियल म्याड्रिडका उपाधि उत्सवका लागि प्रसिद्ध स्थल मानिन्छ ।

स्पेनलाई विश्वविजेता बनाउन अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोल पर्याप्त बनेको थियो। सन् २०१० पछि स्पेनले दोस्रो पटक पुरुष विश्वकपको उपाधि जितेको हो । साथै, सन् २०२३ मा महिला विश्वकप पनि जितेको स्पेन एकै समयमा पुरुष र महिला दुवै विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ ।

यद्यपि, विजय उत्सवका क्रममा म्याड्रिडबाट उत्तरपश्चिममा रहेको सालामान्कामा एक फाउन्टेन ढल्दा १३ वर्षीय किशोरको मृत्यु भएपछि उत्सवमा केही शोकसमेत छाएको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ४१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका