२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै



खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस संचालन गर्ने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै बागेश्वरी यातायतले क्यान्सर गेटसम्म पुग्ने गरि नगर बस संचालन गर्ने भएको हो ।

आज अस्पताल परिषरमा अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई र बागेश्वरी यातायत प्रालीका अध्यक्ष मन प्रसाद आचार्यबीच नगर बस संचालन सम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह कोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिए ।

अस्पतालमा जान आएका दुरदराजका बिरामीहरुले भोग्दै आएको समस्याको सहजिकरणका लागि अस्पतालको आग्रहमा बस संचालन गर्न थालिएको बागेश्वरी यातायातका अध्यक्ष आचार्यले बताए । उनले पहिलो चरणमा सम्झना चौकबाट क्यान्सर गेटसम्म २ वटा बस संचालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने जनाए ।

अस्पतालसम्म सिधै आउने साधन नपाएर अलमलमा पर्ने गरेका बिरामीहरुलाई नगर बस संचालनले ठुलो राहत मिल्ने अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले बताए । अस्पतालको आग्रहलाई स्वीकार गरेर बस संचालन गर्ने सहमति भएकोमा उनले बागेश्वरी यातायात प्रालि परिवारलाई अस्पतालको तर्फबाट धन्यवाद व्यक्त गरे ।

अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि संचालन हुने नगरबसले खजुराबाट नेपालगन्जका लागि ४० रुपैयाँ, राँझा चोकलाई ५० रुपैया, कोहलपुरसम्मका लागि १ सय रुपैयाँ र सम्झना चोकसम्मका लागि १२५ रुपैयाँ सेवा शुल्क लिइने छ ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीहरुले अस्पतासम्म पुग्ने साधन नपाउँदा समस्या भोग्दै आएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ६ : ११ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे