११ श्रावण २०८३, सोमबार | July 27, 2026

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी



काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्न काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ। संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राख्दै उपभोक्तालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना अघि बढाएको हो।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका स्थानमा नयाँ मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछ। यसले उपभोक्तालाई दूध तथा दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ।

यसैक्रममा डिडिसीले वसन्तपुर डबलीमा आधुनिक स्वरूपको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। पर्यटकको उच्च चहलपहल हुने उक्त क्षेत्रबाट दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी र अन्य उत्पादन बिक्री गरिनेछ।

संस्थानले काठमाडौंबाहिरका प्रमुख सहरमा पनि बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। साथै, निकट भविष्यमै अनलाइनमार्फत अर्डर र होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ। डिजिटल माध्यमबाट बिक्री विस्तार गर्दै उपभोक्तालाई थप सहज सेवा प्रदान गर्ने डिडिसीको लक्ष्य रहेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : २३ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक