१३ श्रावण २०८३, बुधबार | July 29, 2026

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक



काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभाकक्षमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। तर बैठकमा प्रधाननमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ भने अनुपस्थित छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा प्रमुख सचेतक खुश्बु ओली सहभागी छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका नेता आर्यन राई, रास्वपाका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री विपिन आचार्यलगायत नेताहरू पनि बैठकमा उपस्थित छन्।

रास्वपाले सुनसरी घटनापछि विकसित संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक सहमतिका लागि साझा धारणा निर्माण गर्ने उद्देश्यले सर्वदलीय छलफल आयोजना गरेको जनाएको छ।

प्रशासनिक निकायले शान्ति–सुरक्षा कायम गर्न आवश्यक प्रयास गरिरहे पनि राजनीतिक दलहरूबाट पनि संयम, सद्भाव र एकताको सन्देश दिन आवश्यक ठानेर बैठक बोलाइएको हो।

बैठकमा सुनसरी घटनाको समग्र अवस्था, त्यसको सामाजिक तथा राजनीतिक प्रभाव, शान्ति–सुरक्षा व्यवस्थापन र सबै दलबाट संयुक्त अपिल जारी गर्ने विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ०३ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०