३० भदौ २०८३, मंगलबार | September 16, 2026

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल



नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी -एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी -जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला नेताहरूले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन् ।

साथै सुनसरीको देवानगन्जमा भएको घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । त्यसपछिका प्रदर्शन तथा सिरहामा भएको झडपमा मृत्यु भएका नागरिकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ । दलहरूले यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउन सक्ने भएकाले सम्पूर्ण नागरिक, सामाजिक तथा धार्मिक अगुवा, युवा, राजनीतिक कार्यकर्ता, सञ्चारमाध्यम र सरकारलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्नसमेत अपिल गरिएको छ । संयुक्त विज्ञप्तिमार्फत नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र आवश्यक राहतको व्यवस्था गर्न माग गरिएको छ ।

बाँके धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै दलहरूले जिल्लामा कायम रहेको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि विभाजनकारी गतिविधिलाई असफल पार्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

संयुक्त अपिलमा नेपाली कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेल, रास्वपाका जिल्ला सभापति विवेककुमार श्रेष्ठ, नेकपा -एमाले) का जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दीपक जिएम, श्रम संस्कृति पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन रानामगर, राप्रपाका जिल्ला सचिव रुद्रमणि न्यौपाने, जसपा नेपालका जिल्ला सचिव सूर्यलाल यादव, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्मा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका अध्यक्ष प्रेम थापाको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ५६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज