१७ श्रावण २०८३, आइतबार | August 2, 2026

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न



जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।

यहाँस्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताए । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : २९ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र