भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा नपुग्दै रिहा भएका छन ।
जिल्ला अदालत, भक्तपुरको आदेश पछि प्रसाई रिहा भएका हुन् । हिजो पक्राउ परेका उनलाई म्याद थप गरेर थुनामा राख्न अदालतले अस्वीकार गरेपछि प्रसाईं रिहा भएका हुन् ।
जिल्ला प्रहरी भक्तपुरका डिएसपी तथा प्रवक्ता दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिए पछि प्रसाईंलाई रिहा गरिएको हो ।
उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो तर अदालतले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको हो ।

















प्रतिक्रिया