४ आश्विन २०८३, आइतबार | September 20, 2026

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा



नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा क्यान्सर अस्पताल) मा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ । अस्पतालमा रहेको प्रयोगशाला र एक्सरे सेवालाई २४ सै घण्टा संचालनमा ल्याइएको हो ।

अस्पतालमा क्यान्सरका बिरामीहरुको चाप बढेसंगै एक्सरेको सेवालाई २४ घण्टा बनाइएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए । एक्सरे सेवा अन्तर्गत सिटी स्क्यान सेवा बिहान ८ बजेबाट राती ८ बजे सम्म (१२ घण्टा) र अन्य एक्सरे सेवा २४ सै घण्टा सुचारु रहने उनले बताए । भिडियो एक्सरेको सेवा भने जनशक्तिको अभावमा विस्तार गर्न नसकिएको जनाउँदै उनले जनशक्तिको व्यवस्थापनसँगै भिडियो एक्सरेको सेवा पनि विस्तार गरिने जनाए ।

क्यान्सर अस्पतालमा हाल अन्य अतिरिक्त समयका लागि जनशक्ति व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा संचालन गरिँदै आएको छ । स्वास्थ्य मन्त्रालयबाट रेडियोलोजी विभागको जनशक्ति माग गरिएको उनले जानकारी दिए ।

प्रयोगशालाको २४ घण्टाको सेवा डा. भट्टराईकै अघिल्लो कार्यकालमा बनाइएको भएपनि अहिले एउटै छानामुनी व्यवस्थापन गरेर थप गुणस्तरियता सहित २४ सै घण्टा संचालन गरिएको हो । अस्पताल फर्मेसीलाई समेत विस्तार गरि केमो वार्डबाटै केमो फार्मेसी संचालन गरिएको छ भने फार्मेसीमा अशक्त, अपाङ्ग, जेष्ठ नागरिक तथा इमर्जेन्सी र शल्यक्रियाका लागि छुट्टाछुट्टै फार्मेसी काउण्टर व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  १ : ०५ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन