२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध



काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना अन्यत्र सारिएको भन्दै नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभामा मौन विरोध जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादव आफ्नो स्थानमा उभिएर सरकारप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएका हुन्। उनले ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग गर्दै सम्बन्धित मन्त्रीले संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने अडान राखे।

सभामुख डीपी अर्यालले उनलाई बोल्न समय दिएपछि यादवले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनका अनुसार ढल्केबर मधेश प्रदेशकै केन्द्रका रूपमा रहेको क्षेत्र भएकाले त्यहाँ ट्रमा सेन्टर स्थापना हुनु अपरिहार्य छ।

उनले यसअघि पनि संसदमा उक्त विषय उठाइसकेको उल्लेख गर्दै सरकारले अघिल्लो सरकारले गरेका निर्णयहरू उल्ट्याउँदा विकास निर्माणका काम प्रभावित हुने चेतावनी दिए।

‘अघि नै मैले भनिसकेको छु, जनता आन्दोलनमा छन्। पूर्व सरकारले गरेका निर्णयको मानमर्दन गरियो भने विकास निर्माणका काम ठप्प हुन्छन्,’ यादवले भने।

उनले ढल्केबरको ट्रमा सेन्टरसम्बन्धी निर्णयबारे स्वास्थ्यमन्त्री वा अर्थमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए। त्यसो भए आन्दोलनरत स्थानीयलाई पनि स्पष्ट सन्देश दिन सकिने उनको भनाइ थियो।

सांसद यादव लामो समयसम्म उभिएर विरोध जनाइरहेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको मर्यादा कायम राख्न आग्रह गर्दै आफ्नो स्थानमा बस्न अनुरोध गरेका थिए।

‘यो प्रतिनिधिसभाको बैठक हो। यसको मूल्य, मान्यता र मर्यादा कायम राख्नु सबै माननीय सदस्यको दायित्व हो। त्यसैले बस्नुस् र सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोग गर्नुस्,’ सभामुख अर्यालले भने।

यद्यपि सांसद यादवले ढल्केबर ट्रमा सेन्टरको योजना हटाइएको विषयमा स्वास्थ्यमन्त्री वा अर्थमन्त्रीले संसदमा आएर जवाफ नदिएसम्म आफ्नो विरोध कायम रहने अडान दोहोर्याएका थिए।

यादवको विरोधपछि सभामुख अर्यालले सम्बन्धित विषयमा भएको निर्णयबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ३ : १० बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना