काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहीको चीरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पाकिस्तानको हिमपहिरोमा परेर ज्यान गुमाएका छ नेपालीसहित १० जना आरोहीको सम्झनामा मृतआत्माको चीरशान्तिको कामना गर्दै आज साँझ दीप प्रज्वलन गरिएको हो ।
उक्त हिमपहिरोमा परेर नेपालका चर्चित आरोही निर्मल पुर्जा -निम्स दाइ), पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो । ओमानका आरोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका आरोही सोहेल साखी, चीनका आरोही वाङ झोङ र अमेरिकाका आरोही मलोरी गाइसको पनि निधन भएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, परिषद्का अध्यक्ष राजुमान डङ्गोल, पूर्वअध्यक्ष भविश्वर शर्मा, वरिष्ठ पर्यटन व्यवसायी रमेश धमला, नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स -नाट्टा) का अध्यक्ष कुमारमणि थपलियालगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो ।


















प्रतिक्रिया