चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज बिहान भएको दुर्घटनामा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो ।
पैदलयात्रीलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया