२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले अग्रज पत्रकारहरूको योगदानका कारण अहिले पत्रकारहरूले खुलेर बहस र आफ्ना कुरा राख्न सक्ने अवस्था आएको बताए । विगतको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै परिवर्तन आएको उल्लेख गर्दै उनले पत्रकारिता पेशालाई खिसीट्युरी नगर्न आग्रह गरे ।

उनले पत्रकारिता क्षेत्रमा पनि कमीकमजोरी हुन सक्ने भएकोले त्यसलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ साझा र स्वयंसेवी संस्था भएकाले यसको संस्थागत विकास तथा पारदर्शीतालाई कायम राख्नुपर्ने उनको भनाइ थियो ।

‘भ्युज’ का नाममा पत्रकारिताको आधारभूत मर्यादा र फ्रेमभन्दा बाहिर जान नहुने बताउँदै पोखरेलले त्यस्तो पत्रकारिता दिगो हुन नसक्ने धारणा राखे । पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्षसमेत रहेका पोखरेलले महासंघको संस्थागत विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो कार्यकालमा अग्रजको सम्मान र क्रियाशील पत्रकारलाई जिम्मेवारी दिने गरी काम अघि बढाइएको बताए । उनले थुप्रै फेलोसिपका कार्यक्रम र तालिम सञ्चालन गरिएको जानकारी दिए । रुपन्देहीमा पत्रकारिताको जग बसाल्ने अग्रज पत्रकारहरूलाई सम्मान गरिएको उल्लेख गर्दै पाण्डेले अग्रजहरूले निर्माण गरेको जगमा थप ईट्टा थप्ने काम आफूहरूले गरिरहेको बताए । महासंघ रुपन्देहीको कल्याणकारी कोषमा ३० लाख रुपैयाँ रहेको जानकारी दिदै त्यसलाई वृद्धि गर्दै लैजाने उनले बताए ।

पत्रकार महासंघले लुम्बिनी प्रदेश सरकारसँग डिजिटल लाइब्रेरी र सञ्चार संग्रहालय निर्माणका लागि प्रस्ताव गरेको पनि पाण्डेले बताए । ती कामलाई आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले ‘मिडिया मन्थन’ तथा राष्ट्रिय सञ्चार सम्मेलनजस्ता कार्यक्रमलाई पुनः सञ्चालन गरिने बताए ।

पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले वर्तमान सरकारले पत्रकारितालाई स्वीकार्न नसकेको जस्तो देखिएको बताए । ‘यसबारे सरकारलाई राम्रोसँग बुझाउनुपर्नेछ । यो सरकारले पत्रकार महासंघ र सञ्चारमाध्यमका कुरा सुन्नुपर्छ,’ उनले भने । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरे, शेरबहादुर के.सी., सल्लाहकार विनोद परियार, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय राम प्रसाद आचार्य, मीना ढकाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, पत्रकार पूजा पन्थी, माया के.सी. लगायतले पत्रकारको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि, सञ्चार क्षेत्रका लगायत विषयमा भनाइ राखेका थिए ।

पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालको स्वागतमा भएको साधारण सभामा पत्रकार महासंघ, रुपन्देहीका सचिव सी.पी. खनालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेश के.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘खेमी ओमी पुन महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ पन्थी र के.सी.लाई साधारणसभामा ‘खेमी ओमी पुन महिला सशक्तिकरण पत्रकारिता पुरस्कार-२०८१’ बाट पत्रकार पुजा पन्थी र २०८२ बाट माया के.सी. सम्मानित भएका छन । नेपाल पत्रकार महासंघ रुपन्देही र खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट उनीहरु सम्मानित तथा पुरस्कृत भएका हुन । पन्थी दैनिकपत्र दैनिक र बाह्खरी डटकम तथा के.सी. बुटवल टुडे दैनिकमा आबद्ध छन । दुवैजनालाई जनही २१ हजार रुपैयाँसहित सम्मान-पत्रद्वारा सम्मानित गरिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ४७ बजे

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका