२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ



धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले दाबी पेश गरेका छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार भट्टले आज बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। अब भट्टलाई प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि आजै दिउँसो ३ बजे प्रदेश पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार आह्वान गरेका थिए।

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी २२ सिटसहित सबैभन्दा ठूलो दल हो भने एमालेसँग ११ सिट छ।

मुख्यमन्त्रीमा दाबी पेस गरेपछि भट्टले आजै दिउँसो ३ बजे शपथग्रहण गर्ने जानकारी दिएका छन्।

सत्ता साझेदार एमालेसँगको परामर्शमा भट्टले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेका छन्। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र मन्त्रालय बाँडफाँटबारे भने सत्ता साझेदार दलबीच छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ११ : ३० बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार