१३ आश्विन २०८३, मंगलबार | September 30, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई मियाँले दाबी पेस गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट नियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। आर्थिक मामिलामन्त्री चक्र मल्ल, सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले प्रदेश प्रमुख मियाँसमक्ष शपथ लिएका हुन्।

यस्तै, आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त एमालेकी जानकी ऐरले मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्।

प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट सहभागी हुने तीन मन्त्रीको भने अझै टुंगो लागेको छैन।

यसअघि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार साँझ आह्वान गरेका थिए। सोही आह्वानअनुसार भट्टले एमालेको समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ५५ बजे

‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी,

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २