२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बराल विश्वविद्यालयमै अध्ययन गरेर त्यहीँको उपकुलपति बन्ने पहिलो व्यक्ति भएको बताइएको छ।

बरालले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्।

केयूमा उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका बरालले ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा उत्पादन, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन्।

केयूको उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए। तीमध्ये १० जनाको नाम सर्टलिस्ट गरी प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो। सिफारिस समितिले मेरिटका आधारमा बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको जनाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : ०८ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा