नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै वार्षिक साधारण सभा सम्पन्न भएको छ । सधारणसभाको महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उदघाटन गरे । उदघाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष बैद्यले सरकारको विश्वसनीयता खस्किदै गएको बताएका छन् । उनले नीति नियम बनाउने र दुई दिनमा फिर्ता गर्ने अवस्थाले सरकारको विश्वसनीयता खस्किदै गएको बताएका हुन् ।
उपाध्यक्ष बैद्यले अहिलेको सरकार ९ महिनमा ढल्ने सरकार नभएको स्पष्ट पार्दै ५ वर्ष चल्ने बलियो सरकारले व्यापक छलफल गरेर नीति नियमहरु परिवर्तन गर्नु पर्ने औंल्याए । करिव दुई तिहाईको सरकारले व्यापक छलफल गरेर नीति नियम परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारको उद्योग नीति सय दिने कार्यक्रम गर्ने जस्तो नहुने बताए ।
वरिष्ठ उपाध्यक्ष बैद्यले सरकारले उद्योग व्यवसाय प्रवद्र्धन गर्ने स्पष्ट नीति बनाउन नसक्दा ठूलो संख्याका व्यापारी पलायन भएको बताए । उनले पुराना नीति नियम परिवर्तन नगर्दा व्यापारी मर्कामा परिरहेको बताउँदै बैद्यले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।
भारतमा जीएसटी ७ देखि १८ प्रतिशतसम्म रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष बैद्यले भ्याट पनि सबैमा १३ प्रतिशत लगाउने नीतिलाई परिवर्तन गर्नुपर्ने बताए ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार निशा शाह र सजल गैरेलाई सम्मान गरिएको थियो ।


















प्रतिक्रिया