३० श्रावण २०८३, शनिबार | August 15, 2026

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने



नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल-खजुरा क्यान्सर अस्पताल)मा संचालनको झण्डै १२ वर्षपछि नित्यपूजा सहित उपचाररत बिरामीको स्वास्थ्यलाभका लागि प्रार्थना अभियान संचालन गरिएको छ । संत श्री दीनदयालजी महाराजबाट संकल्पित खजुरा क्यान्सर अस्पतालमा संचालनको १२ वर्ष पछि उद्देश्य अनुरुपको कार्यको कार्यान्वयन प्रारम्भ गरिएको हो ।

महायज्ञको माध्यमबाट स्थानीयबासीले दान गरेको रकमबाट अस्पताल निर्माण गरि संघीय सरकारलाई हस्तान्तरण गरिएको सो अस्पतालमा सेवा संचालनमा आएपछि पहिलोपटक नित्यपूजा अर्चना गर्दै क्यान्सरका बिरामीहरुको स्वास्थ्यलाभका लागि प्रार्थना गर्न प्रारम्भ गरिएको छ । आज बिधि पूर्वक अस्पताल परिषरमा रहेको मन्दिरमा पूजा अर्चना र हमन गर्दै संकल्पकर्ता दीनदयालजी महाराजले प्रार्थना गर्ने कार्यको सुरुवात गरेका छन् । गुरुपुरोहितबाट मंगल वाचन सहित नित्यपूजा गरि अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्यलाभको कामना गरिएको संकल्पकर्ता दीनदयालजी महाराजले जानकारी दिए ।

उनले परोपकारको एकमात्र उद्देश्यले अस्पतालको स्थापना गरिएको चर्चा गर्दै भगवानका दूतकारुपमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको सेवा गरिरहेको उल्लेख गरे । गरिव र दीनदुखीहरुलाई उपचारमा टेवा पुगोस भन्ने उद्देश्यले अस्पतालको संकल्प गरिएको अस्पतालमा देशभरका हिन्दु, मुस्लिम, सिख र इसाई धर्ममा आस्था राख्ने श्रद्धालुहरुको ठुलो योगदान रहेको उनले बताए ।

क्यान्सर रोगको उपचारमा आत्मबल, आत्माबिश्वास, र उत्प्रेरणाको महत्वपूर्ण स्थान रहने जनाउँदै अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले मन्दिर परिषरमा हुने नित्य प्रार्थनाले उपचाररत बिरामीहरुको आत्मबल बढ्नुका साथै आत्मबिश्वास कायम रहने विश्वास व्यक्त गरे ।

अस्पतालमा आजबाट हरेक दिन बिधिपूर्वक पूजाअर्चनाका साथै स्वास्थ्यलाभको कामना सहित प्रारर्थना हुने र बिरामीहरुलाई आत्मविश्वास प्रदान गर्न विभूती मंत्रोचारणसहित आशिर्वचन प्रदान गरिने संत दीनदयालजी महाराजले बताए । संतका अनुसार नित्यपूजा र आरोग्यताको प्रार्थनामा बिरामीका कुरुवा र आफन्तहरु सरिकहुन सक्नेछन् । छिट्टै मन्दिरपरिषरमा नियमित आरोग्य योगा संचालनको तयारी गरिएको उनले बताए ।

मन्दिर परिषरमा रहेको मन्दिरमा आज अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्ल, कार्यकारी निर्देशक डा. भट्टराई र बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभास मेहताले कर्ताकारुपमा पूजा अर्चनामा सहभागी भएका थिए । नित्यपूजा प्रारम्भ कार्यक्रममा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुराका धार्मिक अगुवा शिवप्रसाद सुबेदी, समाजसेवी रामचन्द्र बोगटीसहित अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १० : ०२ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो