३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा



बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो ।
निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए। पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पु-याएको जनाउँदै उनले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किनेलगायत क्षति पुगेको बताए ।
पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन् ।
उपल्लो बेङ्ग्रीको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताए। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्नसक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उनले आग्रह गरे उनका अनुसार काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ३६ बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण