६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नदेखिएपछि बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

बानियाँले आजै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले विश्वासको मतको प्रक्रियामा जानुअघि नै राजीनामा दिएका हुन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको मात्र समर्थन रहेको थियो। बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक थियो।

यसअघि सोमबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको हो। बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद छन्।

गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सरकारबाट आफ्ना ६ मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। सोहीअनुसार बानियाँले भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए।

बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भए पनि सरकार टिकाउन आवश्यक बहुमत जुटाउन नसकेपछि उनले कार्यकाल छोट्याउँदै राजीनामा दिएका हुन्।

 

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ३ : १० बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न