५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

सोमबार विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालयहरूका साथै हेटौंडास्थित उनको निजी घर र कार्यालयमा एकसाथ छापा मारेको हो। हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) र निवासमा समेत टोली पुगेर आवश्यक कागजात नियन्त्रणमा लिएको बताइएको छ।

विभागले बानियाँले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति लुकाएको आशंकामा अनुसन्धान अघि बढाउँदै छापा मारेको जनाइएको छ। छापाका क्रममा विभिन्न आर्थिक कारोबारसम्बन्धी कागजात संकलन गरिएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ प्रदेश संसदीय दलका नेता हुँदै हाल मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। उनी वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए । अहिले पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  २ : ३६ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय