हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।
घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।
गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी काफ्लेले जानकारी दिए। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

















प्रतिक्रिया