२ भदौ २०८३, मंगलबार | August 18, 2026

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको सरकार र सभामुख डोलप्रसाद अर्यालसँग आक्रोशित भएकी छिन् ।

हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालसँग नोकझोक गरेकी सांसद तामाङले ‘मर्यादामा बस्नुहोस्’ भन्ने अभिब्यक्तिलाई लिएर सरकारसँग पनि आक्रोशित भएकी हुन्।

‘सभामुख ज्यु भन्नुहुन्छ ‘मर्यादामा बस्नुस्’ ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन र ? पीडितको श्रीमती र बुवा लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय, कहिले काउन्सलर, कहाँ चाहिँ पुगिन म त्यो ३७ दिनभित्र’ उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेकी छिन्, ‘मर्यादा’ भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन । हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियम आपत्ति गर्ने पनि मै थिए भने आज जनताको मुद्दाको उपर काम ढिला सुस्ती हुँदा सदनमा सभामुखज्यु मार्फत जबाफ मात्र त खोजेको हु, सरकार भनेको जनताको हरेक मुद्दाको जवाफदेहिता हुनु पर्छ ।’

उनले हिजो पनि ३७ दिन देखी कम्बोडियामा रहेका सन्तोष राईको शब ल्याउन कठिनाइ भएको र सरकारले सहयोग नगरेको भन्दै सदनमा आवाज उठाएकी थिइन् । उनले जवाफ नपाउन्जेलसम्म उभिएर बिरोध जनाए पछि सभामुख अर्यालले तीन भित्र सरकारलाई जवाफ दिन निर्देशन भने दिएका थिए ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ४३ बजे

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने