४ भदौ २०८३, बिहिबार | August 20, 2026

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै



काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

४ मिनेट लामो ट्रेलर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदी-भाइको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । अटिजम भएकी दिदी र उनको भाइबीचको माया, संघर्ष तथा पारिवारिक परिस्थितिलाई ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा अटिजम भएकी छोरीलाई बुबाले विद्यालय भर्ना गराउने प्रयास गर्दा समाजमा उनीमाथि गरिने व्यवहार र उपेक्षालाई पनि प्रस्तुत गरिएको छ । जिस्क्याउने तथा अपमान गर्ने घटनापछि उत्पन्न परिस्थितिले परिवारमा आउने समस्या र दिदीप्रति भाइको भावनात्मक सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको देखिन्छ ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्ममा निर्देशक ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन् ।

शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् । सम्पादन, टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन् ।

फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

यसअघि फिल्मका ‘नौ तुनाको रेल’ र ‘दिदीभाई’ बोलका गीत सार्वजनिक भइसकेका छन् । फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतसँगै हर्क साउदको शब्द र दीपक शर्माको संगीत पनि फिल्ममा समावेश छ । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ३ : ५३ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब