काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन् ।
चेक बाउन्सको मुद्दामा बिहीबार बानेश्वरस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ परेका उनी अहिले साँझ रिहा भएका हुन् ।
उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए, सोही मुद्दामा उनी पक्राउ परेका थिए । पूर्वकर्मचारीलाई बुझाउनुपर्ने १ लाख ५० हजार रकम बुझाएपछि उनी रिहा भएका हुन् । समयमा चेक नसाटिए पछि पौडेल पक्राउ परेका थिए ।
जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका थिए।


















प्रतिक्रिया