७ भदौ २०८३, आइतबार | August 23, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपमहासचिव बाहेक चिरन्जिवी ओली प्यानल सहित विजयी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरन्जिवी ओली फराकिलो मतान्तरले विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिर मरिणामका अनुसार ओली १३८६ मत सहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा रुपा ओझा (सानु) ११६६ मत सहित विजयी भएकी छिन्, उनको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरिन् । निर्वाचनको अन्तिम नतिजा अनुसार महासचिव पदमा विष्णु श्रेष्ठ १२८७ मत सहित विजयी हुँदा अर्का उम्मेदवार दिपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरेका छन् । उप(महासचिव पदमा प्रदिप आचार्य विजयी भएका छन् । उनले ८६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शीवप्रसाद दाहालले ८४२ मत प्राप्त गरेका छन् । त्यसैगरि कोषाध्यक्ष पदमा टिकामणी उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईले १८३ मत प्राप्त गरेका छन् ।

१० जना कार्यसमिति सदस्य पदकालागि भएको निर्वाचनमा सन्तोष कुमार पौडेल (१४५६), तोपबहादुर थापा (१३५०), नन्दराम जैसी (१३४९), सरदराज अधिकारी (१३४५), नगेन्द्र शाही (१२८६), आदित्य गुप्ता (१२४०), जाहाँगिर मुसलमान (११५२), सरदप्रसाद रिजाल (११२८), सुरजबहादुर भण्डारी(११२६) र अतुलकुमार गुप्ता (११२३) विजयी भएका छन् ।

निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसकेका छन् ।

नवनिर्वाचित टिमलाई छिट्टै एक कार्यक्रमका बीच शपथ ग्रहण र पदहस्तान्तरण गरिने संघका महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ८ : १८ बजे

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया