१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस



काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ ।

दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य हो ।

अगष्ट २३ को मिति सन् १७९१ मा हालको हाइटीको सेन्ट–डोमिङ्गमा सुरु भएको दास विद्रोहको स्मरणमा छनोट गरिएको हो । सन् १७९१ अगष्ट २२ देखि २३ को रातमा सुरु भएको उक्त विद्रोहले दासत्व तथा अन्तरराष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा तथा सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो । त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तरराष्ट्रिय अवसरका रूपमा विकसित भएको छ ।

दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्दछ ।

युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगतप्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध वर्तमान र भविष्यमा सचेत रहनसमेत आवश्यक रहेकोमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ८ : ५३ बजे

साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटी – ‘प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का: महाभियोगको बाटो खुल्यो, पदबाट हटाउन कठिन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन हुने यस

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेन्द्रसँग भेट्दै

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले

एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई