५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’



काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यलाई सोहीअनुसार मतदान गर्न ह्विप जारी गरेको हो ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  १ : ३३ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा