१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै



काठमाडौं । युगान्डा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको काम्पला पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संक्रमणकालीन न्यायका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू-राजनीतिक प्रतिद्वन्द्वको निन्दा उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर र त्यसले नेपालसहित हिमाली मुलुकमा पारिरहेको प्रभावका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान २:४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका उनी आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ३७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान