९ भदौ २०८३, मंगलबार | August 25, 2026

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा



दाङ । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् ।

यस अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया तथा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी कूल १८ हजार १२१ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ ।

कार्यक्रमअन्तर्गत अस्पताल तथा उपचार केन्द्र्रका साथै विभिन्न बाह्य कार्यक्रममार्फत निःशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट ९७ हजार ६६९ जनाले निःशुल्क आँखा जाँच सेवा प्राप्त गरेका छन् भने चार हजार ९१८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमका अनुसार राप्ती आँखा अस्पताल तथा उपचार केन्द्रबाट मात्रै उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा राप्ती आँखा अस्पताल रक्षाचौरबाट ६४ हजार ६६०, लमही आँखा अस्पतालबाट ४० हजार २५८ र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगन्ज, कपिलवस्तुबाट ८९ हजार ६६९ जनाले आँखा उपचार सेवा लिएका छन् ।

यसैगरी, घोराही आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार ८०६, सल्यान आँखा उपचार केन्द्र्रबाट सात हजार १५, रुकुम पश्चिम आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार १८१, कोइलाबास आँखा उपचार सर्जिकल सेन्टरबाट दुई हजार ५९१ र कृष्णनगरस्थित बहादुरगन्ज आँखा सर्जिकल सेन्टरबाट आठ हजार १८५ जनाले सेवा लिएका छन् ।

त्यस्तै सुलिचौर आँखा उपचार सर्जिकल सेन्टर, रोल्पाबाट चार हजार २५८, रुकुम पूर्व आँखा उपचार केन्द्र्रबाट एक हजार ३ सय ४६, भालुबाङ आँखा उपचार केन्द्रबाट चार हजार १९२, गढवा आँखा उपचार केन्द्र्रबाट एक हजार ४३९, राजपुर आँखा उपचार केन्द्रबाट ४३८ तथा राजपुर–५ स्थित केन्द्रबाट ४१९ जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन् ।

१८ हजारभन्दा बढीको शल्यक्रिया

शल्यक्रियातर्फ राप्ती आँखा अस्पताल रक्षाचौरबाट दुई हजार ४४०, लमही आँखा अस्पतालबाट एक हजार ८८९ र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जबाट छ हजार ४४९ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

यसैगरी विभिन्न शल्यक्रियासहितका निःशुल्क शिविरमार्फत दुई हजार ६३४ जनाको शल्यक्रिया गरिएको वरिष्ठ अधिकृत गौतमले जानकारी दिए । सङ्घद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले अन्य तीन हजार ६५५ जनालाई सामान्य तथा अन्य प्रकारका आँखाको शल्यक्रिया सेवा प्रदान गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा ७५ हजार ९५५ जनाको चस्मा जाँच गरिएकोमा ३९ हजार ५८६ जनालाई चस्मा आवश्यक रहेको पाइएको छ ।

अस्पतालसँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

आँखा उपचार तथा शल्यक्रियासँगै कार्यक्रमले समुदायस्तरमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना र प्राथमिक स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह तथा समाजसेवी गरी ४९४ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

विद्यालय तहमा विद्यार्थीको आँखा परीक्षण तथा प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले विभिन्न समयमा विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदै आएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत गौतमले बताए ।

विशेषज्ञ सेवा विस्तार

कार्यक्रमअन्तर्गतका तीनवटै आँखा अस्पतालमा नियमित रूपमा नेत्र विशेषज्ञमार्फत विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्र, सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र, कोइलाबास सर्जिकल आँखा उपचार केन्द्र तथा घोराही फेको सेन्टर र सल्यान आँखा उपचार केन्द्रबाट आवश्यकताअनुसार विशेषज्ञ तथा शल्यक्रिया सेवा पनि प्रदान हुँदै आएको छ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा शम्शेर थापाका अनुसार राप्ती आँखा अस्पतालमा जलविन्दु विशेषज्ञ नेत्र विशेषज्ञको नेतृत्वमा जलविन्दुसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध छ । लमही आँखा अस्पतालमा प्राध्यापक नेत्र विशेषज्ञमार्फत विभिन्न विषयमा विशेषज्ञ सेवा प्रदान भइरहेको छ भने नाक, कान तथा घाँटीसम्बन्धी विशेषज्ञ सेवा पनि उपलब्ध छ ।

छन्द ९कालेबाबु० नारायणी आँखा अस्पतालमा अकुलोप्लास्टिक विशेषज्ञ सेवा उपलब्ध रहेको छ । साथै तीनवटै अस्पतालबाट रेटिना, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान हुँदै आएको छ ।

पहुँच विस्तारमा नेपाल नेत्रज्योति सङ्घको योगदान

नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले दाङमा दुईवटा आँखा अस्पताल, कपिलवस्तुमा एउटा आँखा अस्पताल तथा विभिन्न जिल्लामा आँखा उपचार केन्द्र र सर्जिकल सेन्टरमार्फत सेवा विस्तार गरेको छ । सल्यान र रुकुम पूर्वमा आँखा उपचार केन्द्र तथा कोइलाबास, घोराही, रुकुम पश्चिम र रोल्पाको सुलिचौरलगायतका स्थानमा आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र सञ्चालनमा छन् ।

सङ्घले अस्पतालमा आधारित उपचार सेवालाई मात्र सीमित नराखी दुर्गम तथा ग्रामीण समुदायसम्म पुगेर निःशुल्क आँखा शिविर, विद्यालय आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा आवश्यकताअनुसार शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । यसबाट आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई समेत समयमै आँखा उपचार सेवा प्राप्त गर्ने अवसर मिलेको छ ।

नेपाल नेत्रज्योति सङ्घले देशभर सञ्चालन गर्दै आएको आँखा स्वास्थ्य सेवाको मूल उद्देश्यअनुरूप राप्ती तथा बहादुरगन्ज कार्यक्रमले पनि ‘सबैका लागि आँखा स्वास्थ्य’ को अवधारणालाई व्यवहारमा उतार्दै उपचार, शल्यक्रिया, विशेषज्ञ सेवा, रोकथाम, जनचेतना र समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ७ : ५६ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।