५ चैत्र २०८१, मंगलबार | March 18, 2025

भारतको सहयोगमा दाङको तुलसीपुरमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन बन्दै



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलन्यास भएको छ ।

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको आज तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका छन् । यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

भवन निर्माण गर्न ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले चार करोड तीन लाख ३१ हजार सहयोग गरेको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको भारतीय दूतावासले जनाएको छ ।

शिलन्यास कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकाका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे। उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । तीमध्ये ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेको दूतावासले जनाएको छ । यसका साथै भारतले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : २४ बजे

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी

नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका

परराष्ट्रमन्त्रीद्वारा युक्रेनी समकक्षी वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री