१० भदौ २०८३, बुधबार | August 26, 2026

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

बुधबार अपील जारी गर्दै प्रचण्डले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

‘विपद्को यस घडीमा नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो,’ प्रचण्डले भनेका छन् ।

उनले विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उद्धार, राहत तथा मानवीय सहयोगका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षलाई सक्रिय हुन उनले आग्रह गरेका छन् ।

प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवामा परिचालन हुन निर्देशन दिएका छन् ।

उनले स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी प्रभावित नागरिकलाई सहयोग गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण बुधबार बिहान रसुवाको टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीको बहाव तल्लो तटीय क्षेत्रमा समेत बढ्न सक्ने भएकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ११ : २९ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी