काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो हिस्सा भोटेकोशी बाढी प्रभावितका लागि राहतस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।
चलचित्रकी निर्मात्री निता ढुङ्गानाका अनुसार प्रदर्शनको पहिलो दिन निर्माण पक्षलाई प्राप्त हुने सम्पूर्ण रकम भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उपलब्ध गराइनेछ ।
नेपाली चलचित्र क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित यस प्रकारको निर्णय पहिलो पटक गरिएको निर्माण पक्षको दाबी छ । चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानीलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने निर्णयले ‘पार्वती’प्रति दर्शक तथा शुभेच्छुकको चासोसमेत बढाएको छ ।
बाढीका कारण प्रभावित बनेका परिवारलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । निर्मात्री निता ढुङ्गानालाई जनस्तरबाट धन्यवाद तथा सम्मान व्यक्त गर्ने क्रमसमेत बढेको छ ।
चलचित्रको कमाइलाई मनोरञ्जनसँगै मानवीय सेवासँग जोड्ने निर्माण पक्षको यो पहलले नेपाली चलचित्र उद्योगमा सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
















प्रतिक्रिया