११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण



नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले ७ वटै प्रदेशमा संचालन गरिने एसियन पेन्ट्स च्याम्पियन्स कप पुरुष यु १८ अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफि आज नेपालगन्ज आइपुगेको छ ।

द हिमालयनको आयोजनामा एसियन पेन्ट्सको मुख्य प्रायोजन, बिवाईडी र एनसेलको प्रायोजनमा ७ वटै प्रदेशमा आयोजना हुने प्रतियोगिताको मुख्य ट्रफि आज नेपालगन्ज आइपुगेको हो । नेपालगन्जको होलिल्याण्ड माध्यामिक विद्यालयमा आज कार्यक्रमका बीच मध्यपश्चिम खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख महेश चन्दले ट्रफी अनावरण गरे । चन्द सहित नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापा, होलिल्याण्डका प्रधानाध्यापक दुर्गा थापालगायतले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी अनावरण समारोहलाई सम्बोधन गर्दै क्षेत्रिय कार्यालय प्रमुख चन्दले प्रतियोगिताको सम्पूर्ण खेलहरु नेपालगन्ज रङ्गशालामा संचालन गर्न आग्रह गरे । उनले खेल क्षेत्रका लागि नेपालगन्जमा पूवाृधार भएपनि निरन्तर खेलहरु संचालन नहुँदा पूर्वाधारहरु जिर्ण बन्दै गएको बताए ।

प्रतियोगिताका राष्ट्रिय कोर्डिनेटर मधुसुदन उपाध्यायले फुटबल खेलमा लगानी बढाउन नीजि क्षेत्रलाई आग्रह गरे । उनले स्थानीयस्तरमा लगानी गरेर फुटबल खेललाई अगाडी बढाउन सके नेपालको फुटबलमा ठुलो सम्भावना रहेको बताए ।

प्रतियोगिताको औपचारिक उद्घाटन २०८३ भदौ १६ गते दिउँसो ४ बजे महेन्द्र रंगशाला नेपालगन्जमा हुनेस्थानीय आयोजक नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापाले जानकारी दिए ।

विद्यालय तहमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको थापाले बताए। उनले छनौट प्रतियोगिताका लागि २६ विद्यालयहरुले नाम दर्ता गराइसकेको जानकारी दिँदै शुक्रबार साँझ ६ बजेसम्म नाम दर्ता गर्न सकिने बताए ।

प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक सहयोग, सहकार्य तथा प्रचार–प्रसारका लागि सम्बन्धित संघ–संस्था, विद्यालय, खेलकुदकर्मी तथा सञ्चारमाध्यमसँग आयोजकले आग्रह गरेको छ।

विद्यालय तहका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने भएकाले प्रतियोगिता बाँकेको फुटबल विकासका लागि समेत महत्वपूर्ण हुने आयोजकको विश्वास छ। कार्यक्रममा भोटेकोशी बाढीबाट मृत्यु भएका नागरिकहरु प्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

नेपालगन्जमा अनावरण गरिएको ट्रफीलाई आजै नेपालगन्ज नगरपरिक्रमा पश्चात सुदूरपश्चिम तर्फ लगिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : ५९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि