१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग



गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई रु एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।

महासङ्घको आज तम्घासमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले जानकारी दिए ।

विपद्को समयमा पत्रकारले सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने भावनाका साथ उक्त सहयोग गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ । गुल्मी शाखाले यसअघि कोरोना महामारीका समयमा पनि जिल्लामा अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ४ : ३३ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a