२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने



दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन् ।

यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ ।

कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्री आचार्यले अपिल गरेका छन् ।

विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्नसमेत उनले आग्रह गरेका छन् ।

यसैबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ । नदीमा बगेर लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा आएका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ८ : १७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य