१३ भदौ २०८३, शनिबार | August 29, 2026

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै



चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने (समाधिस्थ) गर्ने तयारी गरिएको छ । शव गाड्नका लागि भरतपुर महानगरपालिका-१ देवघाटको जङ्गलमा खाल्डो खन्ने काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलाका अनुसार आइसिआरसीको मापदण्डअनुसार लामो खाल्डो खन्नुका साथै बीचमा ४० सेन्टिमिटर फरकमा शव राखिने गरी तयारी भइरहेको छ । आज दिउँसो ४ः०० बजेसम्ममा शव जङ्गल लैजाने गरिएको छ । उनका अनुसार शवलाई सुताएर राखिने छ । शवको पहिचानका लागि शवसँग भुइँमा र माथि सङ्केत राखिनेछ । माथि फलामको ‘स्टेण्ड’ राखेर सङ्केत दिइने उनले जानकारी दिए ।

अन्तरराष्ट्रिय मापदण्डअनुसार शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिइने रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले बताए। शव गाडिएको स्थानलाई पछि परिवारलाई जानकारी दिन वा पहिचान प्रक्रिया अघि बढाउन सकिने गरी स्पष्ट रूपमा चिन्ह लगाएर अभिलेखित गरिने उनले बताए ।

उनका अनुसार यदि कुनै शवलाई तुरुन्तै हस्तान्तरण गर्न नसकिने भएमा, सुरक्षित र सम्मानजनक रूपमा तोकिएको स्थानमा खाल्डो खनेर राम्रोसँग राखिनुपर्छ र त्यसको स्थान, सम्भव भएसम्म फोटो, पहिचानको विवरण र स्थानको स्पष्ट अभिलेख राख्नुपर्छ भन्ने अन्तरराष्ट्रिय रेडक्रसको मापदण्ड छ ।

हालसम्म जिल्लामा २३३ वटा शव फेला परेका छन् । तीमध्ये छ वटा मात्रै सनाखत भएका छन् । बाँकी भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिए पनि शव कुहिन थालेकाले स्वास्थ्य जोखिम बढ्नसक्ने प्रहरी उपरीक्षक पौडलले बताए । यससँगै पहिचान गर्न कठिन हुने भएपछि शवको डिएनए नमुना लिएर शव समाधिस्थ गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको आजको बैठकले शव समाधिस्थ गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको हो । त्रिशूली र नारायणी नदीमा भेटिएका शव यहाँ ल्याइएको हो ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ४ : ०७ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक