१५ भदौ २०८३, सोमबार | August 31, 2026

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै



काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल सरकारले खोजी, उद्धार तथा राहत र पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन तथा प्रयास परिचालन गरेको छ । साथै सरकारले जारी खोजी, उद्धार तथा राहत प्रयासका लागि आवश्यक सबै सामग्री र स्रोतसाधनको मूल्याङ्कन, अनुरोध, प्राप्ति तथा परिचालन गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ ।
यसै क्रममा विभिन्न मुलुकबाट नेपाललाई उद्धार तथा राहत सहयोग आउनेक्रम पनि बढेको छ । भोटेकोशी बाढीसम्बन्धी परराष्ट्र मन्त्रालयले आज यहाँ आयोजना गरेको प्रेस ब्रिफिङमा हाल भारतबाट ११ जना र चीनबाट नौ जना सम्मिलित सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली नेपाली अधिकारीसँगको समन्वयमा क्रमशः मेलुङ (चिलिमे) र स्याफ्रुबेसी, तथा माथिल्लो त्रिशूली थ्रि ए क्षेत्रमा परिचालित रहेको जानकारी दिइएको छ ।
त्यस्तै कोरिया गणतन्त्रबाट पनि एउटा टोली परिचालन गरिएको छ । यसैगरी, शव व्यवस्थापनका लागि एयरटाइट ब्याग पनि प्राप्त गरिसकेको मन्त्रालयका प्रवक्ता  लोकबहादुर क्षेत्री पौडेलले जानकारी दिए । उनले भने, “थप सामग्री पनि उपलब्ध हुँदैछ । डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञको टोली २९ अगस्टदेखि यहाँ रहेका छन् । सिङ्गापुरबाट ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ परिचालन गर्नका लागि समन्वय भइरहेको छ ।”
प्रवक्ता क्षेत्रीका अनुसार भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, कोरिया गणतन्त्र तथा अन्य देश र साझेदारबाट यसअघि नै उद्धार सहयोग प्राप्त भइसकेको छ । यसअन्तर्गत पुलका एकाइ, फ्रिजर, जेनेरेटर सेट, सौर्य बत्ती, डीएनए परीक्षण किट, पुलका एकाइ, आपत्कालीन राहत उपकरणहरूका साथै पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य प्याकेट, औषधिलगायतका सामग्रीहरू रहेका मन्त्रालयले जनाएको छ ।
“हामीले संयुक्त राज्य अमेरिकाबाट फ्रिजर, डीएनए परीक्षण किट तथा लाइडरजस्ता आवश्यक गैर–खाद्य सामग्री र सेवाका लागि थप अनुरोध गरेका छौँ । बेलीब्रिज (जसमध्ये केही प्राप्त भइसकेका छन्) तथा उच्च क्षमताका ड्रोन (चीन र सिङ्गापुरबाट)जस्ता विशेष सामग्री तथा सेवाका लागि पनि अनुरोध गरिएको छ । यस्ता विशेष सामग्री जापान र कोरिया गणतन्त्रबाट पनि छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ”, प्रवक्ता क्षेत्रीले भने ।
विश्वभरका मित्र तथा साझेदारबाट आर्थिक सहयोगका प्रतिबद्धता पनि प्राप्त भएका छन् । बाढीबाट क्षति व्यापक भएको र हाल प्रारम्भिक आवश्यकता मूल्याङ्कन भइरहेको बताउँदै प्रवक्ता  लोकबहादुर क्षेत्री पुनःस्थापना तथा पुनःनिर्माणका लागि वास्तविक तथ्याङ्क प्राप्त गर्न विपद्पछिको आवश्यकता मूल्याङ्कन सञ्चालन गरिने उल्लेख गरे । बाढीबाट घरहरू, सडक सञ्जाल, पुल तथा जलविद्युत् सुविधाजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।
प्रवक्ता क्षेत्रीले भने, “हामी पुनःस्थापना तथा पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यक पर्ने अपेक्षा गर्दछौँ । मूल्याङ्कन अगाडि बढ्दै जाँदा आवश्यकताका विशिष्ट विवरण पछि जानकारी गराइनेछ ।” देशभित्र विभिन्न तहमा तथा छिमेकी र अन्तरराष्ट्रिय समुदायसँग प्रभावकारी समन्वय भइरहेको उनको भनाइ थियो ।
प्रवक्ता क्षेत्रीले हालसम्म प्रभावित क्षेत्रबाट ९०३ शव फेला परेको र करिब चार हजार २०० सय जना अझै सम्पर्कविहीन रहेका जानकारी दिने। प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ, त्यसमध्ये ३२३ भन्दाबढी विदेशी नागरिक रहेका उहाँको भनाइ थियो । उपलब्ध तथ्याङ्कअनुसार, विभिन्न ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् ।
यस कठिन घडीमा सरकार हाम्रा छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग निरन्तर नजिकको सम्पर्क र समन्वयमा रहेको बताउँदै प्रवक्ता क्षेत्रीले धेरै विदेशी नागरिक अझै बेपत्ता रहेको र समन्वयका लागि मन्त्रालयमा एक आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको बताए ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ५ : ३४ बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा