१८ भदौ २०८३, बिहिबार | September 3, 2026

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान



झापा । नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ ।

अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने विश्वास लिएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए ।

हाल गणले दुई थान ‘गोप्रो क्यामेरा’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी-निकासी तथा अन्य अपराध नियन्त्रणमा क्यामराको प्रयोगले सहयोग पुग्ने उनको विश्वास छ ।

सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ भने स्थानीय जनताले शान्ति-सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ६ : ४२ बजे

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं