१८ भदौ २०८३, बिहिबार | September 3, 2026

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन



काठमाडौं । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। मन्त्रालयका अनुसार हालसम्म तीन सयभन्दा बढी विदेशीसहित ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने एक हजार ११४ जनाको शव फेला परेको छ। अझै करिब तीन हजार ९०० जना बेपत्ता छन्।

यसैबीच, सीमा क्षेत्रमा अड्किएका मानसमरोवर(कैलाश यात्रुमध्ये करिब दुई हजार ५०० जना नेपाल फर्किसकेका छन्। केरुङमा रहेका नेपाली र कन्टेनर सुरक्षित ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। सरकारले उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग बेलिब्रिज, फ्रिजर, डीएनए किट तथा ड्रोन उपलब्ध गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ११ : ०५ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा