८ कार्तिक २०८३, आइतबार | October 25, 2026

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ



रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र भारतीय प्राविधिक टोलीले कठिन परिस्थितिका बीच उत्खनन कार्यलाई निरन्तरता दिएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले चिलिमे पुगेर उद्धार तथा सुरुङ उत्खननको प्रत्यक्ष अनुगमन गर्दै उद्धार प्रयास चुनौतीपूर्ण भए पनि काम नरोकिएको बताएका छन्।

राजदूत श्रीवास्तवका अनुसार नेपाली सेनासँग सहकार्य गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरेर सुरुङभित्र करिब १०० मिटर अगाडिसम्म प्रवेश गरी अन्वेषण गरिसकेको छ।

‘हामीले चिलिमे नजिक स्याफ्रुबेसी क्षेत्रमा खटिएको हाम्रो प्राविधिक टोलीलाई भेट्यौं। उनीहरूले उद्धार कार्यका लागि चिलिमे पावर हाउसको सुरुङ खन्ने काम जारी राखेका छन्,’ राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनका अनुसार सुरुङभित्र थप अगाडि बढ्नका लागि आवश्यक भारी उपकरण ल्याउने तयारी भइरहेको छ। थप उपकरणको प्रयोगसँगै सुरुङ उत्खनन तथा खोजी कार्यलाई अगाडि बढाउने योजना प्राविधिक टोलीको छ।

सुरुङभित्रको अवस्था भने सहज छैन। नरम बालुवायुक्त तथा हिलाम्मे जमिन, दलदलजस्तो भू–भाग र कठिन भौगोलिक अवस्थाका कारण उत्खनन कार्य निकै चुनौतीपूर्ण बनेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन्।

तर कठिन परिस्थितिका बाबजुद नेपाली र भारतीय प्राविधिक टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनले बताएका छन्।

चिलिमे जलविद्युत आयोजनाको पावर हाउस क्षेत्र बाढी तथा पहिरोको चपेटामा परेपछि सुरुङ पुरिएको थियो। त्यसपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना तथा भारतीय प्राविधिक टोली परिचालन गरिएको हो।

उद्धार टोलीले सुरुङभित्रको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विशेष प्रविधि र उपकरणको प्रयोग गरिरहेको छ। अब भारी उपकरणको प्रयोगबाट सुरुङभित्र थप अगाडि बढ्ने र फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिने जनाइएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ८ : ४७ बजे

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका