१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार



रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी कार्यलाई तीव्र बनाएको थियो । नेपाली सेनाले पनि बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो ।

उद्धार गरिएका दुवै जनाको अवस्था तथा थप विवरण सार्वजनिक हुन बाँकी छ ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंका रहेकाले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार अभियान जारी राखेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : ४४ बजे

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान