१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै



काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार सुरुङभित्रबाट आवाज सुनिएसँगै उद्धार टोली थप खोज तथा उद्धारका लागि भित्र प्रवेश गरिरहेको हो।

यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सोही सुरुङभित्र फसेका दुई जनालाई सकुशल उद्धार गरेको थियो।

उद्धार हुनेमा सप्तरीका ३० वर्षीय सञ्जय साह र काठमाडौंका ४५ वर्षीय कबीर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट जीवितै बाहिर निकालेको थियो। उद्धारपछि उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार बाढी आएको १०औँ दिनमा भदौ १९ गते बिहान सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको हो।

सुरुङभित्र अझै मानिस रहेको आशंकामा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ। थप आवाज सुनिएपछि उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी खोजी कार्य अघि बढाएको हो।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : २७ बजे

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको