६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं मूल्यको स्मार्ट मोबाईल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर अवैध रुपले ल्याइएको लाखौं रुपैयाँ बढीका स्मार्ट मोबाइल फोन नेपालगन्जको घरबारीटोल क्षेत्रबाट बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–२ क्षेत्रमा बिलबिजक नभएका मोबाइल ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको बाँके प्रहरीको टोलीले चेकजाँचका क्रममा १९ थान मोबाइल बरामद गरेको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

चेकजाँचका क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका समिर अहमदलाई शंका लागी खानतलासी गर्दा उनले बोकेको झोलाबाट विभिन्न कम्पनीका १९ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिलबिजक तथा अन्य कुनै कागजपत्र नभएको बरामद मोबाइलको अन्दाजी मूल्य ३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

बरामद मोबाइलसहित अहमदलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १० : १० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको