काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गरेका छन् । गत वर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनका गर्न आज त्यहाँ गएका हुन् ।
गत वर्ष भाद्र २३ गते भएको जेन जी आन्दोलनमा राज्यपक्षबाट भएको गोली प्रहारबाट ठुलो संख्यामा कलिला किशोरहरुको ज्यान गएपछि आक्रोशित आन्दोलनकारीले आजकै दिन भाद्र २४ गते प्रधानमन्त्री निवास बालुवाटार नै कब्जा गरेपछि तत्कालिन प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरमा भागेका थिए । ओलीले एकाएक सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएपछि जेन जी पुस्ता भड्केपछि जेनजी आन्दोलन भएको थियो ।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आजै विमोचन गरिएको छ ।
लेखक शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन् । शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गरिन् ।
पुस्तकमा २०८२ भदौ २३ गतेदेखि यही भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबीच आफूहरूले भोगेको अवस्थालाई समेटिएको छ ।
















प्रतिक्रिया