२८ भदौ २०८३, आइतबार | September 13, 2026

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित



बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए । देवीका परिवारले त्यो दिन त्यसै गरे । पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्यो ।

पैँतिस वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानलाई जन्म दिईन । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किएकी देवी यसपटक पालिकाको एम्बुलेन्सले नै घर पुर्याइदियो ।

ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पु¥याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।

गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका हुन । २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ८ : ०१ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब