१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने



मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।

सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ ।

जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन् । सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ८ : ०९ बजे

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार  नेप्से परिसूचक सामान्य

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

रौतहट । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका