२९ भदौ २०८३, सोमबार | September 14, 2026

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल



वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन्। अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो।

विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै केही समयदेखि महानगरको नेतृत्वलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ। सिंह पुनःबहाल भएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएका छन्।

समर्थकहरूले अदालतको फैसलालाई ‘न्यायको जित’ का रूपमा स्वागत गरेका छन्। उनीहरूले ‘न्याय मरेको छैन, सत्यको जित भएको छ’ भन्दै न्यायमूर्तिहरूप्रति सम्मान तथा आभार व्यक्त गरे।

यसअघि, अर्काको छोरीलाई आफ्नै छोरी भनी नागरिकता बनाएको आरोपमा उनीमाथि मुद्दा चलेको थियो।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ९ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ